चितवन: नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राजनैतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले राजनैतिक अस्थिरतामा रमाउनु भन्दा स्थिरता कायम गरेर अघि वढ्नु राम्रो रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “कहि पनि कसैको पनि वहुमत छैन । यसले अस्थिरता जन्माउँछ ।यस स्थितिमा कोही पनि रमाउने र खुशी हुने होईन ।” कोही कसैको बहुमत नआउने संबैधानिक र कानुनी व्यवस्था भएको भन्दै उहाँले राष्ट्रिय दृष्टिकोणका साथ अघि वढ्नु पर्ने बताउनुभयो । नेपालमा त्यस्तो नभएको भन्दै अध्यक्ष ओलीले राजनैतिक दलमा परिपक्वता नदेखिदाँ अस्थिरता बढेको बताउनुभयो । राष्ट्रिय राजनितिलाई जिम्मेवार र परिपक्व राजनितिमा लैजानु पर्ने उहाँको भनाई थियो । असभ्य राजनितिमा लान नहुने उहाँले बताउनुभयो ।
गैर जिम्मेवार पूर्ण राजनिति र असहिसुणताले अझ बढी अस्थिरता र बिकृती बढाउने उहाँको भनाई थियो । अहिलेको समिकरण बनाउन नदिने र बिश्वासको मत समेत नदिने योजनामा केही दलहरु भएको भन्दै उहाँले यो समिकरण टुट्यो भने देशमा राम्रो कुरा हुनेवाला नभएको बताउनुभयो । उहाँले भन्नुभयो “समिकरण टुट्यो भने देशमा नराम्रै हुन्छ । समिकरण भत्किन दिइदैंन ।”
सरकारले ल्याएको बजेट राम्रो हुनु पर्छ भन्नु कुरा नेकपा एमालेको रहेको बताउँदै उहाँले राम्रो गर्नुपर्छ भन्नु नराम्रो नभउको बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले भारतका प्रधानमन्त्रीको सफत ग्रहणमा नेपालका प्रधानमन्त्रीहरु जाने पुरानो परम्परा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !