चितवनः पर्यटक बोकेको जीप दुर्घटना हुँदा छ जना घाईते भएका छन् । खैरहनी नगरपालिका १२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाँदै गरेको जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जीप आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाईते सबै भारत मुम्बई बेण्डाली थानाका हुन् । बर्ष ५२ कि सुस्मिता सुदेश खाडिया, बर्ष ७४ कि रेखारामचन्द्र जादव, बर्ष ६० को सुदेशशंकर खाडिया, बर्ष ६४ को बिजय मोरे, बर्ष ५८ कि बैशाली गुप्तेश्वर, बर्ष ६२ को पंकज गुप्तेश्वर, घाईते भएका हुन् । उनीहरुको रत्ननगर र भरतपुरका अस्पतालहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
चालक चितवनको रत्ननगर नगरपालिका वडा नं. ०४ बस्ने बर्ष ४५ को सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






