चितवनः नेपाली काँग्रेस चितवनले तीन दिने राष्ट्रिय स्तरको आबासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरुले तालिम दिनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रिय प्रशिक्षक प्रशिक्षण बिभागका पूर्ब संयोजक बिमलेन्द्र निधिले समाबेशीता र समाजबादका बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रा. डा. गोविन्दराज पोख्रेलले नेपाली काँग्रेसको प्रजातान्त्रीक समाजबाद, गत निर्वाचनको घोषणा पत्र र आगामी दिनको अर्थनितिका बारेमा प्रशिक्ष्ण दिनुभएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाईलीले दलित मुद्धाहरुको बारेम प्रशिक्षण दिनुभएको थियो ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिबाकोटी, नेपाली काँग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शुरेस आचार्य, पार्टीको बागमती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा. संजय चौधरी, प्रा.डा एकनारायण पौडेल, प्रकाश अधिकारी, डा. केशब चालिसे लगाएतले समसामहीक राजनिति र प्रबिधिको बारेमा प्रशिक्षण दिनुभएको खनालले जानकारी दिनुभयो ।

जिल्लाका ५३ जना अगुवा कार्यक्रर्ता तालिममा सहभागी भएका थिए । शनिबार अवेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरुले पार्टीको निति र अभियानलाई गाउँगाउँमा पु¥याउने तालिमका संयोजक नेपाली काँग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !