चितवन), १८ जेठः
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले शुक्रबार भरतपुरको मंगलपुरमा आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा देखिएका चुनौती र समाधानका उपायहरु विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्षलाई सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वको लागि भावी पुस्ताहरुमा विश्वास र आस्था जगाउँदै यसको राम्रो पक्षहरुको बारे जनचेतना जगाउन अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,“लोकतान्त्रिक गणतन्त्रको स्थायित्व गर्नु हाम्रो जिम्मेवारी हो । नेपाली काँग्रेसले मात्र यसको खतराको पहिचान गरेर अगाडी बढ्न सक्छ । कसैले पनि लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्तैन ।”
उहाँले जुनसुकै पक्षहरुमा चुनौती र बाधाहरु आउने हुँदा यसको निराकरण गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । लोकतन्त्रबादीले मात्र यसको पक्षमा अभियान चलाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नपर्ने भन्दै उहाँले नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “जुन देशमा निर्वाचन प्राणाली छैन त्यहाँका जनता सार्वभौम हुन सक्तैनन् । सार्वभौम जनताको हितमा काम गर्ने लोकतान्त्रिक गणतान्त्र हाम्रो देशमा छ यहाँ निर्वाचन प्रणाली छ ।”

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक प्रणालीको चुनौती रहेको भन्दै उहाँले यसको समाधानका लागि लोकतन्त्रवादी पहिला आँफैले बुझेर मात्रै अरुलई यसको बारेमा बुझाउनन पर्ने धारण व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जो यो प्रणालीमा विश्वास गर्दैनन् तिनिहरुसँगको प्रतिश्पर्धामा हामी अगाडी बड्नु पर्छ ।”

नेता निधिले पहिलो संविधानसभाताका अमेरिका भ्रमण गएको प्रसंग उल्लेख गर्दै सो बेलामा नेपालमा बस्न सकिएन नेपालका नेताहरुले केहि गरेनन् नेपाल फर्कन्न भनेकाहरु अहिले सत्तामा रहेको संकेत गर्दै लोकतान्त्रिक गणतन्त्रको सबल पक्षको गतिलो उदारहण यहि रहेको उहाँको भनाई थियो ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनको अध्यक्ष उद्घव लोहनीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि काँग्रेसले कदम अगाडी बढाउन पर्ने आजको आवश्यकता रहेको र गुटवन्दीको अन्य गरी एकजुट काँगेस हुनपर्ने बताउनुभयो । उहाँले अनुसासनमा रही समयअनुसार काँग्रेस चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ लोकतान्त्रिक गणतन्त्रको स्याहार सुसार गर्ने काम काँग्रेसको हो ।”
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति टेक प्रसाद गुरुङले लोकतन्त्रको रक्षा गर्नु काँग्रेसको दायित्व भएको बताउनुभयो ।
काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले प्रतिष्ठानको कार्यक्रमहरुलाई पार्टीले सदैव साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले आज सबैले आदर्शवान व्यक्तिहरुको राम्रो कामको अनुसरण गर्दै जान पर्ने भन्दै सोचेर भन्दा पनि आजकाल छिटो प्रतिक्रिया जानाउने परीपाटए आएको उल्लेख गर्नुभयो । सबैको सल्लाह र सुझावबाट आफुहरु अगाडी बढ्ने उहाँको भनाई थियो । संविधान सभा सदस्य रामकृष्ण घिमिरेले नकारात्मक कुरा छाडेर सकारात्कमक सोचका साथमा पार्टीलाई अगाडी बढाई लोकतन्त्रको रक्षाका लागि एकजुट हुनपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले महेन्द्रनारायण निधिसँग सम्वन्धित आफ्नो लेख रहेको पुस्तक नेता विमलेन्द्र निधिलाई हस्तान्तरण गर्नुभएको थियो । सो हरपहरुको नेता निधिले पढेर व्यख्या गर्नुभएको थियो ।


सो अवसरमा जिल्लाका नेपाली काँग्रेससँग सम्वन्धित दर्जनौ नेता तथा कार्यकर्ताहरुले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा काँग्रेसको भुमिकाको बारेमा धारणा व्यक्त गरेका थिए । कार्यक्रममा काँग्रैसका पुराना नेता बाबुराम पुरी, बेलबहादुर गुरुङ लगायत सयौंको संख्याका सहभागिता रहेको थियो । प्रतिष्ठानका सचिव राजेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष निर्मल श्रेष्ठले गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !