चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा चारवटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले घाइतेहरुमध्य ८ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । आज राती करिव १२ः३५ बजे काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बर को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरीतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा परि अन्दाजी १७ बर्षिय पुरुषको मृत्यु भएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा सबै सवारी साधन हटाई बिहान ४ः५० वजेबाट द’ईतर्फि संञ्चालनमा ल्याईएको छ । घाइतेहरु मध्ये इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जना र चितवन मेडीकल कलेजमा चार जनाको उपचार भईरहेको छ । उनीहरु मध्ये ८ जनाको अबस्था गम्भिर र १४ जनाको अबस्था मध्येम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !