चितवनः बस्तिमा पसेर स्थानियलाई दुःख दिने गरेको बाघलाई आज नियन्त्रणमा लिईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २८ अन्द्रौलीको मकै बारीबाट बाघलाई नियन्त्रणमा लिईएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल वहादुर पुर्जा पुनका अनुसार अन्दाजी २ वर्ष ६ महिनाको पोथी बाघलाई खोरमा पारेर नियन्त्रणमा लिईएको हो । वाघले निकुञ्जबाट बाहिर समुदायमा निस्किएर दुःख दिन थाले संगै डार्टको प्रयास असफल भए पछि खोरमा बाख्रा राखि नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका पशु चिकित्सक, ५ वटा हात्ती, नेपाली सेना, कर्मचारी र स्थानीयको सहयोगमा बाघलाई नियन्त्रणमा लिईएको हो । बाघलाई सौराहामा राखिएको छ ।






