चितवनः पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ केवलकार नजिक टिपर र माईक्रोबस एक आपसमा ठक्करखाँदा १३ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको बा ४ ख ६४१७ नम्बरको टिपर र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा माइक्रो बसका चालक सहित उनीहरु घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार घाईते मध्ये २ जनाका अबस्था गम्भिर रहेको छ भने १० मध्येम घाईते भएका छन् । एक जनाको अबस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । आज बिहान भएको दुर्घटनामा परि घाईते मध्ये १२ जनाको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ भने एक जना सामान्य अबस्थामा काठमाडौं गएको उहाँले बताउनुभयो । ठक्कर खाने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






