
चितवन, ७ जेठः मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अबस्थामा मानिस माथि आक्रमण गरे पछि मनहरीबाट उद्वार गरि सौराहा ल्याईएको पोथि बाघ मरेको हो ।
शनिबार बिरामी परेको सो बाघ आाईतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । १० बर्षिय सो बाघ सौराहा स्थित खोरमा राखिएको थियो । गत मंसिरमा उद्वार गरि ल्याईएको बाघ मरेको हो। अशक्त र बिरामी अबस्थामा रहेको बाघ मरेको उहाँले बताउनुभयो ।
यो वाघ नियन्त्रणमा लिएकै दिनदेखि खुट्टामा चोट लागेको अवस्थामा थियो । घाइते अवस्थामा उद्धार गरी खोरमा थुनेर बाघको उपचार गरिदै आएको थियो । चालु आर्थिक वर्षमा चितवनमा सातवटा वाघ मरेका छन् ।
सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा रहेका छन् ।