चितवनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले अहिलेकाे सत्ता गठवन्धन टुट्ने संकेत गर्नु भएकाे छ । आज यहाँ एकीकृत समाजबादीकाे १० अाै जिल्ला सम्मेलनलाई संम्बाेधन गर्दै उहाँले आफुहरु गठवन्धनमा भए पनि आज हाे कि भाेलि भन्ने हाे थाहा नभएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे “सबैले काँग्रेसलाई दुस्मन मान्न खाेज्छन । तर त्यही काँग्रेसकाे कहिले काम लाग्छ भन्न सकिन्न ।” उहाँले गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताउनुभयो । उहाँले संबिधान र गणतन्त्रको सक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “संविधान र गणतन्त्रको बिरोधि शक्ति संग हातेमालो गर्न सकिँदैन ।“ अहिले पार्टी गठवन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उहाँले आक्रोश पोख्नु भयो । उहाँले भन्नुभयो “केही बिमति छन् । कहिले के हुन्छ भन्न सक्ने अबस्थामा छैन ।“ देशलाई सम्बृद्विको यात्रामा लाग्न पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो ।
समाज परिवर्तन, वेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नु पर्ने उहाँले बताउनुभयो । उहाँले नेकपा एमाले प्रति लक्षित गर्दै उहाँले नेतृत्व तह सुध्रियर आए आँफुहरु एकताको पक्षमा रहेको बताउनुभयो ।
वामपन्थी शक्ति एकतावद्व गर्नका लागि समाजबादी दल गठन गरिएको बताउँदै उहाँले विचार, सोच मिल्ने शक्ति संग एकतावद्व वनाउन सकिने बताउनुभयो । एकताकम लागि आत्मसमिक्षा, खुल्लापन र ईमान्दारीता आबश्यक पर्ने उहाँले बताउनुभयो ।
नेपालका कम्युनिस्ट दलमा अहिले खिया लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौ ।“ अहिलेको राजनितिमा कम्युनिष्ट आन्दोलनको बिषयमा वहस हुन आबश्यक रहेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाइ अझै क्रान्तीकरण गर्ने पार्टी स्थापना गरिएको उहाँको भनाई थियो ।
उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले निर्वाचन बाट निर्वाचन सम्म मात्रै दलको यात्रा हुन नहुने बताउनुभयो । दलले जनताको मन जित्न आबश्यक रहेको उहाँको भनाई थियो । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आबश्यक रहेको बताउँदै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै अघि वढ्न पार्टीको गठन गरिएको उहाँको भनाई थियो । यस्तै अर्का उपाध्या केशब लाल तुलाधरले बिचारमा एकरुपता दिदै कम्युनिष्ट एकता गर्न आबश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी गठन गरेर लामो समय जान नसकेको भन्दै उहाँले अहिले सहि बिचारका साथ एकता गर्नु पर्ने बताउनुभयो ।
पार्टीका उपमहासचिबहरु जगन्नाथ खनाल, गंगाधर तिलाधरले जनताको जनजिबिकालाई मध्यनजर गर्दै अघि बढ्नु पार्टीको मुल मर्म रहेको बताउनुभयो । उहाँहरुले अहिले समाजको मुख्य सत्रु गरिबी र कुशासन रहेको बताउनुभयो ।
पार्टी सचिब हरि पराजुलीले दलहरुले जनतमलाई दिएको आश्वासन पूरा हुन नसकेको बताउनुभयो । दलहरुले आश्वासन मात्रै दिने गर्दा समाजमा असन्तोष र अन्तरविरोध देखा परेको भन्दै उहाँले यसलाई अन्त्य गर्न समाजबादी पार्टी आएको बताउनुभयो ।
कार्यक्रममा पार्टीको प्रदेश सह–इन्चार्ज साध्य वहादुर भण्डारी, प्रदेश अध्यक्ष सावित्रा भूषाल, जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल, नेपाली काँग्रेस चितवनका सभापति राजेशवर खनाल, नेकपा एमालेका सचिब प्रकाश खनाल, नेकपा माओबादी केन्द्रका सचिब द्रोणवावु शिवाकोटी लगायतले बोल्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र आज सम्पन्न भएको छ । बिहिबार बिहानबाट बन्दशत्र सुरु हुनेछ । वन्द सत्रमा ४४० जना प्रतिनिधि सहभागी हुने पार्टीका प्रचार विभाग संयोजक बिष्णुराज महतोले जानकारी दिनुभयो । अधिबेशनले दुई वर्षे कार्यकालका लागि ६४ सदस्यिय कार्यसमिति चयन गर्ने छ ।






