चितवन: कारागार कार्यालय चितवनमा कैदी बन्दीको चाप वढे संगै उनीहरुको व्यवस्थापनमा चुौति थपिएको छ । कारागारको क्षमता पुरुष तर्फ २५५ र महिला तर्फ २५ जनाको भए पनि अहिले ७८४ जना कैदीवन्दी रहेका छन् । महिला तर्फ ४२ जना र पुरुष तर्फ ७४२ जना रहेका छन् भने चार जना आश्रीत बालबालिका छन् ।
उनीहरुको संख्या बढ्दै जाँदा कैदीवन्दीलाई त्रिपाल मुनी राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमल प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बिगत १५ दिन देखी कैदीवन्दीलाई त्रिपालमुनी राख्न सुरु गरिएको हो । उहाँले भन्नुभयो “अहिले कैदी वन्दीको चाप वढे संगै १० जनालाई त्रिपालमुनी राखेका छौ ।”
मौषममा आएको परिवर्तन संगै कैदीवन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उहाँले बताउनुभयो । त्रिपालमुनी कैदी वन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च साबधानी अपनाईएको उहाँले जानकारी दिनुभयो । गर्मी मौषम सुरु भए संगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “छिमेकी जिल्ला नवलपुर (वर्दघाट– सुस्ता पूर्ब) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदी वन्दीको चाप वढेको हो ।” छिमेकी जिल्लाबाट आएका कैदी वन्दी र जिल्लाबाटै आउने कैदी वन्दीको संख्या बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो । कारागारमा आएका कैदी बन्दीहरुको व्यवस्थापनका लागि कारागार व्यवस्थापन बिभाग संग छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !