चितवन: मैसममा आएको परिवर्तन संगै वन क्षेत्रमा डढेलो लगाउने क्रम तिब्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि वन तथा निकुञ्जले आफै डढेलो लगाएका छन् भने कतिपय क्षेत्रमा सर्बसाधारणले डढेलो लगाएका छन् ।
जसका कारण यहाँको बायुमण्डल प्रदुर्षण भएको छ । डढेलोका कारण यहाँको वायुमण्डलमा नकारात्मक प्रभाव परेको छ । जसका कराण मानब स्वास्थ्यमा समेत प्रभाव पर्ने चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. प्रतिक न्यौपानेले डढेलोका कारण बायुमण्डलमा परेको असरकार कारण स्वासप्रस्वासमा समस्या हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “दमका रोगी बिरामीहरुलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुने जस्ता समस्या हुने गर्दछ ।” बायुमण्डलमा हुने एयर क्वालिटी इन्डेक्सका कारण मानब स्वास्थ्य नराम्रो संग प्रभावित हुने उहाँको भनाई थियो ।
यसले बालबालिकामा समेत दमको समसया देखा पर्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बालबालिका झिझिन्ने, रुगा, खोगी लाग्ने समस्या हुन सक्छ ।” बायुमण्डलमा भएको प्रदुषणका कारण मुख सुख्खा हुने, नाक सुख्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहीर निस्कने जस्ता उपाय अपनाउन सकीने उहाँले बताउनुभयो । यस्तै घरबाट बाहीर ननिस्कने, थकान लाग्ने कामहरु नगर्ने गर्दा बायुमण्डलमा भएको प्रदुर्षणका कारण हुने समस्याबाट बाँच्न सकीने न्यौपानेको भनाई छ । भरतपुरका अस्पतालहरुमा बायुमण्डको प्रभावका बिरामीहरु आउन थालेको उहाँले जानकारी दिनुभयो ।
भरतपुर आखाँ अस्पतालका नेत्र रोग बिशेषज्ञ प्रा. डा.सुनु दुलाल बायुमण्डलमा भएको प्रदुर्षणका कारण टाउँको देखी माथिका भागहरुलाई असर गर्ने बताउनुहुन्छ । उहाँका अनुसार आँखा पोल्ने, बिझाउने, सुख्खा हुने जस्ता समसया देखिने गर्दछ । आँखा पोल्ने बिझाउने हुँदा खाँखा मिच्न नहुने उहाँले बताउनुभयो । आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने उहाँको भनाई छ । बायुमण्डलमा डढेलोका कारण परेको प्रभावका कारण दिर्घकालिन समस्या खासै नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यसले दिर्घकालिन समस्या नपरे पनि यसबाट बाँच्नु पर्छ ।” यसबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा वेलावेलामा धोई रहने, चिसो कपडाले आँखा पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्लामा रहेका सामुदायीक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ । जसले गर्दा बायुमण्डल मात्रै प्रर्दुषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनको क्षती समेत हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले साबाधानी अपनाउन आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार डढेलो नियन्त्रणका लागि कामहरु भईरहेको छ । समुदायमा सचेतना जगाउने र नियन्त्रणका लागि अग्नी रेखाकोर्ने, अग्नी नियन्त्रक सामानहरु तयारी अबस्थामा राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !