चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संबिधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रीक बाम गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ बिकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले वि. सं. २०६२÷०६३ सालको परिवर्तन पछि प्राप्त गरेको संबिधानको रक्षाका लागि गठवन्धन वनेको बताउनुभयो ।
उहाँले भन्नुभयो “जनताको संघर्षबाट पाएको संबिधान कार्यान्वयनका लागि जिम्मेवार दलहरुलाई अधिकार दिनुस् ।” अहिले देशमा राजनैतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठवन्धनमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईहरुलाई थाहानै छ उहाँले थप्नुभयो “अब फेरी निर्वाचन गर्न नपर्ने गरि स्थानीय नेतालाई मतदान गर्नुस् ।” संघिय सरकार गठवन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठवन्धनको जीतसंगै बिकास निर्माणमा समेत गति लिने उहाँको भनाई थियो ।






