चितवनः नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राती सम्पन्न ५१ औं अधिबेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपासभापतिमा रत्नप्रसाद सापकोटा, सिर्जना अधिकारी, मन्त्रीमा रममणी खनाल, कोषाध्यक्षमा विजय राज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिज कुमार आले निर्वाचित हुनु भएको हो ।
पौडेलले निकटतम प्रतिश्पर्धी बिजय शर्मा भूषाललाई हराउँदै निर्वाचित हुनु भएको हो । पौडेलले ११८ मत प्राप्त गर्दा भूषालले ६१ मत प्राप्त गर्नु भएको थियो ।
अधिबेशनले खुल्ला सदस्य ७ जना र महिला सदस्य ३ जना निर्वाचित गरेको छ । सदस्यहरुमा शशि महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दिपक कुमार खड्का, रुद्र अधिकारी, आश वहादुर गुरुङ्, कुमार प्रसाद थपलिया, चन्द्रकान्त न्यौपाने र बिनय श्रेष्ठ निर्वाचित हुनु भएको हो । अधिबेशनमा २२५ जना मतदाता थिए ।





