चितवनः बन्द गर्दै हिडेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार उनीहरुलाई जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरिएको हो । बन्द कर्ताको साथबाट चार थान मोटरसाईकल समेत नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । वन्द कर्ताले ५ वटा सवारी साधनमाथि तोडफोड गरेका छन् । तीन वटा सवारी साधनको सिसा फुटेको छ भने दुईवटामा सामान्य क्षती भएको उहाँले जानकारी दिनुभयो । बन्द कर्ताहरुले बन्दको अबज्ञा गरेको भनि प्रदेश ३–०–०१ क०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक र प्रदेश२–०–३–००१ ख ००९८ नम्बरको बसमा तोडफोड गरेका छन् ।
बिप्लब नेतृत्वको नेकपा माओवादी सहित चार दलले गरेको बन्दको प्रभाब परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले लामो दुरीका सवारी साधनलाई स्कटिङ गरेर गन्तव्य तर्फ पठाएको छ । छोटा दुरीका सवारी साधनहरु सञ्चालनमा आएका छैनन् ।
सडकमा बन्द कर्ता नभए पनि पसलहरु पूर्ण रुपमा बन्द रहेका छन् भने उद्योग, कलकारखानाहरु पनि सञ्चालनमा आएका छैनन् ।






