चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले ६ जना जुवाडेलाई पक्राउ गरेकाे छ । नगद रु ४२ हजार ५ सय सहित उनीहरुलाई पक्राउ गरिएकाे हाे । भरतपुर महानगर पालसका वडा नम्बर २२ का बिष्णुराज महत्वकाे घरबाट उनिहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । निजहरुकाे साथबाट १५ बुक तास वरामत गरिएकाे हाे । घटनाकाे बिषयमा थप अनुसन्धान भईरहेकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !