चितवनः भरतपुर महानगरपालिकामा पाँच दलीय गठवन्धनकी रेनु दाहालले ५ हजार १३३ मत अन्तरले अग्रता लिनु भएको छ । उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४ सय १२ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका बिजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गर्नु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा गठवन्धनबाट काङ्ग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङ्लाई १२ हजार २०० मत अन्तरले अग्रता लिनु भएको छ । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङ्ले १७ हजार ३२५ मत प्राप्त गर्नु भएको छ । गणना सकिएका वडाहरुमा नेपाली काङ्ग्रेसले १,२,४,५,६,८,१० र १४, नेकपा एमालेले वडा नम्बर ३,११ र १२, नेकपा समावबादीले ७ र ९ एबं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा बिजयी हाँसील गरेको छ । हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडाहरुमा गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले अग्रता लिनु भएको छ ।
भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको छ ।






