चितवनः जिल्लामा मतदाता रहेका शिर्ष नेताहरुले बिहानै देखि मतदान गर्ने क्रम जारी रहेको छ । जिल्लाका बिभिन्न पालिकाहरुमा उहाँहरुले मतदान गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका उपाध्यक्ष एबं पूर्ब मन्त्री सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले मतदान गरि सक्नु भएको छ । नेकपा एमालेका उपाध्यक्ष एबं पूर्ब मन्त्री रामवहादुर थापाले केही बेरमा मतदान गर्दै हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरमा मतदान गर्नुभएको हो । सो मतदान स्थलमा १ हजार ६ सय ७८ जना मतदाता रहेका छन् ।
यस्तै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको भण्डाराबाट मतदान गर्नु भएको छ । उहाँले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दै हुनुहुन्छ । सो मतदान स्थलमा ३ हजार ६५ जना मतदाता रहेका छन् ।
यस्तै एमालेका अर्का उपाध्यक्ष रामवहादुर थापाले भरतपुर महानगरपालिका वडा नम्बर १० बाट मतदान गर्दै हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को नारायणी नमुना माध्यामिक बिद्यालयबाट उहाँले मतदान गर्दै हुनुहुन्छ । सो मतदान स्थलमा ५ हजार ८ सय ३६ जना मतदाता रहेका छन् ।
महिला, बालबालिका एबं जेष्ठनागरिक मन्त्री उमा रेग्मीले भरतपुर महानगरपालिका वडा नम्बर ५ बाट मतदान गर्नु भएको छ । उहाँले वडा नम्बर ५ मा रहेको राष्ट्रिय माध्यामिक बिद्यालय तोरीखेतको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले भरतपुर महानगरपालिका वडा नम्बर २७ को जानकी माध्यामिक बिद्यालयलमा मतदान गर्नु भएको छ । यस्तै भरतपुर महानगरपालिका प्रमुख पदका उम्मेदवारहरु पाँच दलीय गठवन्धनकी रेनु दाहालले भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको आधारभूत बिद्यालय सुन्दरबस्तिको मतदान केन्द्रबाट र एमालेका उम्मेदवार बिजय सुवेदीले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको मोहन माध्यामिक बिद्यालयबाट मतदान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !