चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसिआर रिपोट वनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १३ घर भई चौबिसकोठिमा रहेको देव अस्पतालका हेल्थ एसिसटेन्ट २८ वर्षिय सन्दिप सापकोटा र रत्ननगर नगरपालिका वडा नम्बर ६ का २६ वर्षिय प्रकाश न्यौपाने रहेका छन् ।
अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना संकलन गरि नक्कली रिपोट वनाएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार उनीहरुलाई माघ २५ गते पक्राउ गरि आज सार्बजनिक गरिएको हो । पक्राउ परेका उनीहरुलाई लिखद सम्बन्धि कसुरमा जिल्ला अदालत मार्फत म्याद थप गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।






