चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुर्नस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । आज यहा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले संसद पुर्नस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “यो तपाईहरुले थाहा पाई राखेकै कुरा हो नी । संसद पुर्नःस्थापनाका लागि न्यायपालिकाबाट पोजेटिभ काम भएको छ । त्यो बिर्शेका छौनौ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयो गछौ ।” उहाँले थप्नुभयो “हामीले सहयोग हिजो पनि गरिहाल्यौ नि । गठवन्धनको बैठक बसेर प्रधानन्यायधिश अस्पतालमा वसेको समयमा कम्तिमा पनि विदा वसेर कार्यवहाक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।” यस्तै सहयोग न्यायपालिकालाई गर्दै जाने उहाँको भनाई थियो । सत्ता गठवन्धनले एउटा कुरा अस्ति भनि सकेका छौ भन्नुभयो । प्रधानन्यायधिश डिसचार्ज भएर आउनु भएको भन्दै उहाँले अब फेरी गठवन्धन वसेर सल्लाहा गर्ने उहाँको तर्क थियो ।
फरक प्रसंगबमा बोल्दै अध्यष दाहालले सरकारले यही मंसिर २८ गतेका लागि आव्हान गरेको संसद वैठकले आफ्ना नियमित कामहरुलाई अघि वढाउने वताउनुभयो । एमालेले संसद बैठक अबरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो “उहाँहरुले सुरु देखिनै अबरोध गरिराख्नु भएको छ। तर अधिबेशन पनि चल्यो, वजेट पनि प्रस्तुत भयो पारित पनि भयो । त्यसैगरि चल्छ ।” उहाँहरुको नियत चाहि ठिक छैन भन्नेकुरा पुरै नेपालीले देखि सकेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “अहिले महाधिबेशन गरेपछि पोजेटिब हुन्छ की भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको उहाँको वक्तव्यवाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उहाँले सदनबाट गर्नुपर्ने कामहरु अघि वढ्दै जाने बताउनुभयो ।
अध्यक्ष दाहालले अहिले तत्काल निर्वाचन सम्भव नभएको उहाँको भनाई थियो । निर्वाचनका लागि आयोग र राजनैतिक दलहरु संग सल्लाहा गरेर मात्रै निर्वाचन अघि बढ्छ । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उहाँले भन्नुभयो “मलाई जहाँ सम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”

प्रतिक्रिया दिनुहोस !