सौराहा , १३ मङ्सिर । नेकपा (एमाले)को १४औं राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ।

अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदै छ।

त्यस्तै, उपाध्यक्षमा पनि निर्वाचन हुने भएको छ। ६ जना उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ। घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ भिड्दै छन्।

 

यसैगरी, सचिवमा पनि मतदान हुनेछ। सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ।

सचिवमा भीम आचार्य, टंक कार्की, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुनेछ।

एमाले महाधिवेशनमा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदै छ। यो भोटिङ मेसिन राम र लक्ष्मण रिमालले बनाएका हुन्।

आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम छ। मतदान सकिएको केही घण्टामै मतपरिणाम आउने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !