चितवनः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनता नभएपछि एमालेको झण्डा गैंडालाइ बोकाएको व्यङ्ग्य गर्नुभएको छ । भरतपुरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमाले पतनको बाटोमा रहेको आरोप लगाउनुभयो । एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रचारका लागि पार्टीको झन्डा एक सिंगे गैंडाले बोकेको लोगो सार्वजनिक गरेको थियो । “मजदुर, किसानले बोक्नुपर्ने झण्डालाई एमालेले गैंडालाई पो बोकाएछ उहाँले भन्नुभयो “बोक्ने जनता छैनन्, यो राम्रो चरित्र र लक्षण भएन ।”
हनुमान प्रवृत्ति बोक्नेले भविष्यमा जंगली जनावरै बोक्ने आरोप लगाए । उनी ओली र एमालेप्रति निकै आक्रामक बने । “केपी ओलीको पार्टी पतन हुने निश्चित छ, कुनै भविष्य छैन ।” उहाँले भन्नुभयो “उनीहरुका दम्भपूर्ण अभिव्यक्ति सुन्नुहोस्,” सबै ठाउँमा पत्तासाफ हुँदै गैरहेका छन् । उहाँले एमाले आगामी निर्वाचनमा धुलो बन्ने जिकिर गर्नुभयो । यसअघिको राष्ट्रिय चुनावमा कलम चिन्हबाटै हाम्रा उम्मेदवारले केपी ओलीको उम्मेदवारलाई पछारिदिएका थिए। उहाँले भन्नुभयो, ू५ दलको गठबन्धन बलियो गरि बनाएका छौँ, अबको चुनाबमा केपीको पार्टी धुलो हुनेछ ।ू गलत विचार लिएर हिड्नेहरुको हार हुने बताउनुभयो ।






