चितवन,१२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राजनीतिको मियो माओबादी केन्द्र बन्ने दावी गरेका छन्।
माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्।
माओबादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बिचमा रहेर जनअपेक्षा अनुसार काम गरेको दावी गर्दै प्रचण्डले आफू राजनीति र जनताको कामबाट नथाक्ने र नभाग्ने जिकिर गरे।
चितवनबाट कतै नभाग्ने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इंगित गर्दै दाहालले मने प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस्। मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे,’ उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र बिकासका काममा थाक्दिन पनि।
प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएको र त्यसमा कांग्रेसका कार्यकर्ता खुसी होलान् भन्ने आफूले ठानेको भए पनि त्यसविपरीत पाएको बताए । चितवनबाट आफू र रेणुलाई लखेट्ने भाषण कांग्रेस चितवनका सभापतिले गर्नु विडम्बना भएको उनको भनाइ छ ।
तीन दिन अगाडि चितवन आएका प्रचण्डले आज बिहान स्वास्थ्यकर्मीहरु पनि अन्तरक्रिया गरेका थिए। हिजो र अस्ति उनले माडि लगायत आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएका दर्जन बढि कार्यक्रममा सहभागीता जनाए । प्रचण्ड निर्वाचन पछि सबैभन्दा बढि जिल्ला आउने र छलफलमा सहभागी हुने गरेका छन्।






