चितवन, ६ कार्तिक

“देशको माटो रम्न सके रम्छ नेपाल” यो नारा हो भरतपुर महानगरपालिका वडा नम्बर ८ गैरीगञ्जमा रहेको कुटो कोदालो कृषि बारीको हो । यो फमका संञ्चालक ज्ञानहरि कँडेल अहिले यहि नारा मार्फत आफ्नो कृषि कर्ममा व्यस्त हुनुहुन्छ ।

उहाँले अहिले आफ्नो ७ कट्टठा जमिनमा कागती गर्दै आउनु भएको छ । कँडेलले बिदेशको यात्रालाई रोकेर आफ्नै बारिमा कागती खेति गर्दै आउनु भएको हो । ६ वर्ष पहिले बिदेश जाने सोचमा रहनु भएका कँडेल राहदानी (पासपोर्ट) वनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उहाँलाई कृषि कर्ममा आकर्षित ग¥यो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखौको आयात हुने सुने पछि उहाँले बिदेशको यात्रालाई पूर्णबिराम लगाउँदै यस व्यवसायमा लाग्नु भएको हो ।

उहाँले भन्नुभयो “बिदेश जाने रहर होइन ।साथीभाईहरु सबै विदेशमा भएकाले केही समय बिदेश जाँउ भन्ने लागेको थियो । तर पछि मन वद्लीयो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित वनेपछि आफ्नै देशको माटोमा केही गर्नु पर्छ भन्दै उहाँले कागती खेति सुरु गरेको स्मरण गर्नुभयो । कँडेलले सुरुवातमा आफ्नो ७ कट्टठामा १ सय वटा कागतीका बिरुवा लगाउनु भयो । उहाँको बारिमा सुन कागती लगाउनु भएको छ । उहाँले भन्नुभयो “महिनामा ४ क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उहाँले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुशी लागेको छ । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उहाँले बताउनुभयो । कागति अमिलो भए पनि फल गुलियो हुँदो रहेछ उहाँले खुशि हुँदै भन्नुभयो ।

उहाँले भन्नुभयो “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उहाँको भनाई छ । ग्राहक तथा व्यापारी घरमै आएर कागति लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहिँ तरकारी तथा फलफूल मण्डीमा पु¥याउनु पर्ने भए पनि खासै वजारको समस्या नभएको उहाँ बताउनुभयो । उहाँले भन्नुभयो “अन्य फलजस्तो केहि दिनमै सड्ने, बिग्रने, चराहरुले बारीमै सखाप पार्ने समस्या हुदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइहुने पैसा कागतीले यहि दिन्छ ।

कागती खेति गर्नु अघि उहाँ हार्डवेयरको व्यापार गर्नुहुन्थ्यो । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गर्नुभएका उहाँ र उहाँको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई वढाएर एक बिगाहा पु¥याउने लक्ष्य उहाँको छ ।

उहाँले सम्झनुभयो “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी वनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नु पर्छ भन्ने सबैमा परेको छ ।” उहाँलाई पहिला वुद्धि विग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यवसायीक रुपमा खेती गर्नु पर्छ भन्नेमा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौ । अहिले उहाँकै प्रगति देख्दा खुशि लागेर आउँछ ।”

अहिले उहाँले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्किले अनुसन्धान केन्द्रको रुपमा बिकास गरेको छ । केन्द्रका प्राबिधिक अधिकृत (बागबानी) रेशम वहादुर वस्नेतले यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भईरहेको बताउनुभयो । यहाँ उत्पादित कागतीलाई स्याङ्जामा ललगेर स्टोर गर्ने गरेको उहाँले भनाई छ । अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी वढाउन सकिन्छ भन्ने बिषयमा अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँलेको व्यवसाय नमुना व्यवसाय रहेको उहाँले बताउनुभयो ।

केन्द्रले नेपालमा यही फममा मात्रै अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

–––

प्रतिक्रिया दिनुहोस !