चितवन, ३ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आगामी निार्वाचनमा केन्द्रदेखी स्थानिय तहसम्म काँग्रसेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन भन्दा ठुलो बहुमतको लक्ष्य रहेको बताउनुभएको छ । सहमहामन्त्री डा। महतले मलुकको दु्रतगतिको विकासलागी एकल बहुमत आवश्यक रहेको बताउनुभयो ।
‘काँग्रेसको मूल लक्ष्य भनेको अधिवेशन होईन आम निर्वाचन हो ’ उहाँले भन्नुभयो ‘ स्थानियदेखी केन्द्रीयतहुम्म एकल बहुमत ल्याउने हो । त्यो बाटोमा हामी जानुछ । ’ उनले पार्टीको रोकिएको अधिवेशनको काम छठपछि हुने बताएका छन् । केहि विवादले रोकिएको भएपनि चाडपर्व सकिएपछि पुनः सुचारु हुने उहाँको भनाई छ ।
पनि एक सय दिन पुरा गरेको शेरबहादुर देउवा नेतृत्वको सरकार सफल रहेको काग्रेसका सहमहामन्त्री डा। महतले दावि गर्नुभयो । देउवा नेतृत्वको सरकारले छोटो अवधिमा उपलब्धिमूलक काम गरेको दावी गरेका छन् । सरकारले जनचाहना अनुसार काम गरेको बताउनुभयो । ओली सरकारले संवैधानिक निकाय अस्तब्यस्त बनाएको बनाएको भन्दै उहाँले देउवा सरकारले सुधार गरेको बताउनुभयो । कोभिडको बेला जनताको लागी खोपको पहँुच पु¥याएको भन्दै उहाँले सरकारको हनिमुन यात्रा सफल भएको बताउनुभयो । एक करोड जनतालाई खोप उपलब्ध गराएको उहाँले बताउनुभयो ।
‘ दुई महिनाभित्र एक करोड जनतालाई ाखोप लगाएर सुरक्षित भएर सहज जनजीवन बनेको छ ’ उहाँले भन्नुभयो ‘ ओली सरकारले संवैधानिक निकायलाईअ स्तब्यस्त पारेको थियो । अहिलेको सरकारले भष्ट्राचार रोकेर सुसासनको लागी धेरै राम्रो काम गरेको छ । ’बाढी प्रभावितहरुको लागी सरकारले उचित क्षतिपूर्ति र राहत दिनपर्नेमा जोड दिनुभयो ।







