चितवनः जनता समाजवादी पार्टी(जसपा) नेपालका सङ्घीय परिषद अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टाईले ओली प्रबृतिलाई परास्त गर्नु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले ओली मात्रै नभए ओली प्रबृति राष्ट्रका लागि घातक भएको बताउनुभयो ।

ओली प्रबृतिले व्यवस्था पल्टाउने, संघिय लोकतानत्रीक गणतन्त्र नै उल्टाउने, संबिधान खतरामा पर्ने दिशा तर्फ गएको भन्दै उहाँले अहिलेको सरकारको गतिबिधि त्यस भन्दा फरक हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको सरकारको गतिबिधि पहिलाको भन्दा फरक भएन भने जनतामा निरासा आउँछ ।”

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्ने बताउदै उहाँले बास्तविक सुकुम्बासीहरुको पहिचान गरि तिनिहरुको समस्या समाधानका लागि सरकारले काम गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतिपुर औद्योगीक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्न तर्फ सरकारले ध्यान केन्द्रीत गर्नु पर्ने बताउनुभयो । उहाँले थप्नुभयो “बास्तबिक सुकुम्बासी पहिचान गरौ । तितरबितर पार्नु समस्याको समाधान होइन ।”

प्रतिगमन बिरुद्ध संघर्षबाट वनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकताल चल्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “गठवन्धनको मात्रै होईन लोकतन्त्रमा पुरा कार्यकाल व्यवस्थापिकाले पुरा गरेन भने त्यसले राम्रो सन्देश दिदैन ।”

प्रतिक्रिया दिनुहोस !