विराटनगर,१० असोज । उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो ।

उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।

घाइते राणालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस !