कक्षा १२ को परीक्षा भदौ अन्तिममा

काठमाडौं, : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको बताए ।

उनले भने, ‘जापानबाट प्राप्त भएको १६ लाख मात्रा एष्ट्रेजेनका खोपमध्ये विद्यार्थीलाई पनि उपलब्ध गराइएको छ । परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताभित्र गर्न सकिन्छ । विद्यार्थीलाई खोप लगाउने अभियानलाई तीव्ररुपमा अघि बढाइएको छ ।’

 

उनले धेरै परीक्षार्थी भएको स्थानमा होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । उनले परीक्षा छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय गरिने बताए ।

पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका संसदीय समितिका सदस्य गिरीराजमणि पोखरेलले यथासीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताए । समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना र खोप उपलब्ध गराएर छिटोभन्दा छिटो परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिइन् ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer