चितवन: नारायणी नदीमा पानीको बहाबले खतराको मिटर पार गरेको छ । जिल्ला आपतकालीन सञ्चालन केन्द्रका अनुसार दिनको ४ वजे बाट पानीको वहाव वढ्दै गएको हो ।
निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको वाहब अहिले ९ दशमलब ०४ मिटर पुगेको केन्द्रले जनाएको छ । केन्द्रका आनुसार नरायणी नदीमा पानीको बाहव ८ मिटर भन्दा माथि गएमा खतराको लेबल पार गरेको बुझिन्छ ।
नारायणी नदी संगै राप्ती, रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटिय क्षेत्रमा वसोवास गर्ने जनतालाई सुक्षित स्थानमा गई बस्ने जिल्ला प्रशासन चितवनले आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेल द्धारा जारी सूचनामा पानीको वहाब वढेको यो समयमा दाउरा टीप्न, माछा मार्न भन्दै नदीमा नपस्न अनुरोध गरिएको छ । यस्तै औषधि, खाध्यन्न, महत्वपूर्ण कागजहरु भ्mोलामा तयारी अबस्थामा राख्न पनि नदी तटिय क्षेत्रमा बसोबास गर्ने जनतालाई आग्रह गरिएको छ ।
नारायणी नदीका कारण भरतपुर महानगरपालिका १६,२६,२७ र २८ राप्तीले वडा नम्बर २२,२३ मा वढि असर पर्नो गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नदीमा पानीको वहाब वढे संगै प्रभावित क्षेत्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गर्नु भएको छ । नदी बस्तिमा पस्न सक्ने क्षेत्रको अध्ययन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !