
चितवन, : चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९० पुष्टि भएको छ ।
स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका २ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी र दाङका रहेका छन् ।