चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत पूर्बी चितवनमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को धुसा गाउँपालिका वडा नम्बर १ का २७ वर्षिय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढ तर्फ आउँदै गरेको ना ८ ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र बिपरित दिशाबाट गइरहेको बा १८ च १३७१ नम्बरको बोलेरो राप्ती  नगरपालिका वडा नम्बर ३ मार्तलपुल नजिक एक आपसमा ठक्कर खाएको हो । ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटना स्थालमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि सहचालक तनहुको बन्दिपुर गाउँपालिका वडा नम्बर ५ का २७ वर्षिय विबेक थापा घाईते भएको प्रहरीले जनाएको छ । घाईते थापाको पुरानो मेडीकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । घटना आज विहान ३ः बिहान ३ः१५ वजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !