चितवन – रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनले इच्छाकामनाको एक विद्यालयमा खानेपानी धारा जडान गरेको छ । क्लबले इछाकामना गाउँपालिकास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय गर्दासमा खानेपानीको धारा जडान गरेको हो । महालक्ष्मी विकास बैकंको सिएसआर अन्तर्गतको १ लाख ६५ हजार र क्लवको पनि समान १ लाख ६५ हजार गरी ३ लाख ३० हजारमा धाराजडान गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

यस्तै क्लबका २२ जना सदस्यले सोही विद्यालयमा अध्ययनरत २२ जना गरिब तथा जेहेनदार विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने भएका छन् । क्लबले विद्यालयका ३९० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री, न्यानो कपडा, जुत्तालगायतका सामाग्रीहरु पनि वितरण गरेको छ । क्लबले सोही कार्यक्रम मार्फत कक्षा ७,८,९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना सम्बन्धी प्रशिक्षण पनि दिएको छ । क्लबका आइपिपी आशिष भण्डारीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् ।

यस्तै क्लबका प्रथम उपाध्यक्ष अर्पण प्रधान भण्डारीले कक्षा ७,८,९ र १० का छात्राहरुलाई महिनावारी सम्बन्धमा आवश्यक जानकारी सहितको प्रशिक्षण दिएका थिए । क्लबका अध्यक्ष यामनाथ दनैले सामाजिक उत्तरदायित्व बहन गर्दै रोटरियनहरुले यो कार्य गरेको बताए । दनैका अनुसार रोटरीको ‘टिच’ कार्यक्रम अन्तर्गत नै उक्त कार्यक्रमहरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !