चितवनः कालिका नगरपालिका वडा नम्बर १ मा रहेको चतुर्मुखी सामुदायीक वनमा एउटा भालेबाघ मृत अबस्थामा भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायीक वनबाट काठ निकाशी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी ४ वर्षको भाले वाघ मृत अबस्थामा भेटिएको हो ।

खनालका अनुसार आज दिउँसो १२ः३० वजे बाघ मृत अबस्थामा भेटिएको सूचना पाए संगै बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिन अघि मरेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । बाघको महत्वपूर्ण अंगहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षीत रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !