चितवनः पत्रकार माथी दुव्यवहार गरेको घटना प्रति प्रेस युनीयन चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा प्रधान कार्यालय रहेको नारायणी अनलाइनकर्मी हिरालाल आचार्य“डायमण्ड” लाई गत आइतबार भरतपुरको नगर प्रहरीले गरेको दुव्र्यवहारको प्रेस युनियन चितवनले भत्सर्ना गरेको छ ।

युनियनले आज एक विज्ञप्ति प्रेषित गर्दै भरतपुर महानगरपालिकाका नगरप्रहरीद्वारा पत्रकार आचार्यमाथि फोटो खिच्ने क्रममा फोटो डिलिट गर्न लगाएर भएको दुब्र्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा “भरतपुरको चौबिसकोठीमा ठेलामा फलफूल बिक्री गरिरहेका ब्यवसायीलाई नगरप्रहरीले लखेटिरहेको तस्विर खिच्दा भएको दुब्र्यवहारको घोर भत्र्सना गर्दछौ ”भनिएको छ । युनियनले समाचार संकलनको क्रममा सञ्चार सामग्री नियन्त्रणमा लिएर तस्विर हटाउने काम निन्दनीय र खेदजनक भएको पनि जनाएको छ । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो घटना स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो भन्दै त्यस कार्यमा संलग्नलाई तत्काल कारबाही गर्न महानगरपालिकासँग माग पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !