काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्नु भएको छ ।
मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गर्नुभएको थियो । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा आज राष्ट्रपतिले नियुक्त गर्नु भएको थियो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।






