चितवनः क्षेत्रीय रक्त संञ्चार केन्द्र भरतपुरलाई गैर आवासिय नेपाली संघले रक्त संकलन गर्न घुम्ति बस सहयोग गरेको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार भन्सार र कर छुट वाहेक भारतीय रु ३५ लाखको लागतमा संघले बस खरिद गरेको हो ।
रक्तदानका लागि आबश्यक पर्ने अत्याधुनिक सुबिधा सम्पन्न उपकरण जडान गरिएको बस बागमती प्रदेशमै पहिलो हो । पोखरामा यस प्रकारको बस रहेको र नेपालमा यो दोस्रो भएको उहाँले जानकारी दिनुभयो । बस भित्र रक्तदान गर्ने ठाउँ, प्रेसर नप्ने ठाउँ, रक्त संकलनका लागि फ्रिज जस्ता उपकरण जडान गरिएको छ । बस प्राप्त भए संगै वस भित्रै घुम्ति रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने उहाँको भनाई छ ।
संघले पूर्बी चितवनको रत्ननगरमा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय रक्तसंञ्चार केन्द्र वनाउनका लागि प्रस्ताब गरेको पौडेलले जानकारी दिनुभयो ।
अहिले जिल्लामा दैनिक एक सय युनिट रगतको माग भईरहेको छ । उहाँले भन्न्ुभयो “रगतको माग अनुसार पुरा गर्न सकेका छैनौ । अहिले जम्मा दैनिक ५० युनिट रगत पु¥याउन पनि कठिन परेको छ ।”
पहिलेको तुलनामा केही रक्तदानका कार्यक्रमहरु भए पनि यसले प्रयाप्त नहुने उहाँको भनाई छ । बिरामीका आफ्न्त,स्वयमसेवी रक्तदाताको भरमा चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले रगतको अभाव हुने समय नभए पनि कोरोना सङ्क्रमणको त्रासका कारण रक्तदान हुन नसकेको हो ।” पछिल्ला दिनहरुमा दुर्घटना कम भएको भए पनि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वढे संगै रगतको माग वढेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रले चितवन सहित छिमेकी जिल्लाहरुमा स्वयम सेवी संस्थाहरु संग सहकार्य गरेर रगत संकलन गर्दै आएको छ ।