चितवनः चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं। १३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा ९केटी–पोथी गैंडा० आज मृत्य फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैंडाले आक्रमण गरेको हुन सक्ने आँकलन गरिएको छ । उक्त केटीको ब्रम्हखाग ९भर्खर पलाउन लागेको खाग० तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैंडा मरेका छन् । ती मध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जमा प्राकृतिक र चोरीशिकारीबाट गैंडा मर्ने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस !