आज भाइटिका । पाँच दिन मनाइने पर्व तिहारको मुख्य दिन । आजको दिनमा शुभ साइत पारेर दाजुभाइ तथा दिदीबहिनीहरु एकआपसमा सप्तरङ्गी टिका लगाएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दै भाइटिका मनाउने गर्दछन् । यस्तै चितवन मेडिकल कलेजमा भने आज त्यहाँ कार्यरत नर्शहरुले बिरामीहरुलाई भाईटिका लगाई फलफुल खुवाएर भाईटिका मनाएका छन् । दिवा सेवामा रहेका नर्शहरु अंकिता कुँवर,अर्चना सेढाई, सुस्मा गुरुङ्ग र समिना मिया लगायतले अस्पतालमा उपचाररत १५७ जना बिरामीहरु सँग भाईटिकाको शुभकामना आदान प्रदान गर्दै भाईटिका लगाइदिएका हुन् ।








