
काठमाडौंः पछिल्लो २४ घण्टामा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यसमध्ये १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ । ३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।