
बसन्त पराजुली
कावासोतीः “अडर अडर ल आजको कारबाही सुरु गर्नुस्”, गोपाल पराजुलीले घण्टी बजाएर यसरी न्यायाधिसको कुर्चिवाट न्याय सम्पादनको आदेश दिन छाड्नु भएको पनि साढे दुई वर्ष भयो । २०७४ फागुनमा उमेरहदका कारण प्रधान न्यायाधिशवाट अवकास पाएसगँै उहाँले गर्ने न्याय सम्पादनका काम त रोकियो तर आफ्नै गाउँमै प्राङ्गरिक कृषि उत्पादन गर्ने नयाँ काम थपियो । आफ्नै पुख्र्यौली पैतृक सम्पत्तिमा उहाँ अहिले कृषि जन्यवस्तुहरु उत्पादनमा संक्रिय हुनुहुन्छ ।
नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती स्थाई घर हुनुभएका पराजुलीले यहाँ नै आफ्नो झण्डै २ विगाह जग्गामा कृषि कर्ममा ब्यस्त हुनुहुन्छ । धान, मकै, तोरी लगाएतका कृषि जन्यवस्तुहरुको उत्पादनमा लाग्नु भएका पराजुली प्राङ्गरिक कृषिको विकासले मात्रैै देशको विकास हुने भएकाले आफू यो पेशामा लागेको बताउनुहुन्छ ।
“अदालतवाट अवकाश लिएसगैँ मैले यहाँ कृषि उत्पादनको काम शुरु गरे”, उहाँले भन्नुभयो, “कृषि पेशा बाबु बाजे देखि गर्दै आएको पेशा हो । म अदालतको न्यायधिश हुनुपुर्व पनि मेरो मुख्य पेशा कृषि नै थियो ।” पराजुलीले २०४८ वाट न्यायसेवा अन्र्तगत पूर्नरावेदन अदालत पाटनवाट न्यायाधिसको सेवा शुरु गर्नुभएको हो । उहाँ २०६७ मा पूर्ननावेदनको मुख्य न्यायाधिश, २०७१ मा सर्वोच्चको न्याधिश हुदै २०७४ साउन देखि देशकै न्याय क्षेत्रको उच्च पद प्रधन न्यायाधिश हुनुभएको थियो ।
पराजुलीको वारीमा अहिले धान काटेर तोरी छर्नुभएको छ । धान काट्न मेसिन चलाउन देखि माटो जोत्न मेसिनको हलो समेत उहाँ आपैm चलाउनु हुन्छ । त्यसकालागि माटो जोत्ने देखि धान काट्ने सम्मको टेक्टर सहितको मेसिन समेत उहाँले आफै खरिद गर्नुभएको छ ।
“आफै ब्यवसायीक रुपमै खेती गर्ने भएपछि प्रविधीसग पनि खेल्न जान्नुपर्यो । मैले केही दिन अघि धान काटेर सके अहिले जमिन जोत्ने काम गर्दै छु”, उहाँले भन्नुभयो ।
पराजुलीले अघिल्लो वर्ष आफ्नो वारीवाट ८० मुरी धान, १० मुरी मकै, १२ मुरी तोरी उत्पादन गर्नुभयो । अहिले पनि धान भरखर काटेर भित्राइदै छ भने तोरी छर्ने सिजन शुरु भएको छ । मकै भने फागुन चैतमा लगाउने हो ।
“तोरी र मकै त लगाउन बाकी नै छ धान यो वर्ष भित्राइयो । यो वर्ष पनि ७५—८० मुरी नै धान उत्पादन भयो छ ।” नेपालमा कृषिलाई अपहेलना गरिएको बताउदै उहाँले आधुनिक प्रविधिहरु अपनाएर प्राङ्गरिक उत्पादन गर्न सकिए यसले देशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास उहाँको छ ।
“वढ्दो रासायनिक मल र विषादीको प्रयोगले कृषि योग्य भूमि खण्डहर मरभूमि हुदै छन् । अव ब्यवसायीक कृषिको विकासमा लाग्ने हो भने पहिला हाम्रा जमिनको माटोको ‘पूर्नजिविकरण’, हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
“गाउँको गोवर मोहरमात्रै हैन सुन र हिरा हो भन्ने कुरा किसानलाई बुझाउनुपर्छ, ”, उहाँले अगाडी थप्नुभयो, “जग्गाको पूर्नजिविकरणको सजिलोवाटो भनेको हाम्रा ठाडा खोलाहरुले वगाएर ल्याएका पागो माटोलाई हाम्रो खेतवारीमा राख्नुपर्छ र गोवर मलका साथैँ गडौंला मल, पिना, कुखुराको सुली लगाएतका मलहरु प्रयोग गर्न सक्नुपर्छ ।”
“भारतमा एउटा गाई वा भैसीको मलले चार विगाह जग्गा सम्मलाई मल पुुर्याउने ब्यवस्था छ त्यसकालागि उनिहरुले वढी सोत्तर प्रयोग गर्छन्”, उहाँले भन्नुभयो । अफूले पनि खेतिमा गड्यौला मल र पिनाको मल वढी प्रयोग गरेकोे वताउनुभयो । विषादीका सट्टा तिते पाती, निमपत्ता , गाईको गहुँत नै प्रयोग गर्ने गरेको पनि उहाँले जनाउनुभयो ।
कृषि प्रधान देश नेपालमा पछिल्लो समय युवा पुस्तामा कृषि प्रति विकर्षण हुदै छन् । हजारौ युवा रोजगारीको खोजीमा विदेशी भूमि भाषिदै छन् । तर पराजुली जस्ता न्यायलयकै सवोच्च पदमा पुग्नुभएका ब्यक्तिहरु कृषि पेशालाई राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखेर यो पेशामा जोडिदै हुनुहुन्छ ।
“कर्ममा विश्वास गर्नेले कुनै पनि कामलाई ठुलो सानो भन्दैन । भेनेजुयालाका पूर्व राष्ट्रपतिले कफीसप चलायका थिए । अमेरिकाका पूर्व राष्ट्रपति ओमावाले आफ्नी छोरीको रेष्टुरेन्टमा काम गर्न सघाएका छन् । मलाई कृषि पेशा प्रति अति चाख छ । परंपरागत कृषी वाहेक आधुनिक खेतिमा ज्ञान सुन्य छ । तथापि यस पटक पावर टिलर सानो ट्याक्टरद्वारा धान काट्ने काम भयो । १० जना खेतलाले गर्ने काम १ घण्टामा त्यसले गर्यो”, उहाँले भन्नुभयो ।
नेपालमा कृषि क्षेत्रलाई राज्यले पनि उपेक्षा गरेकाले युवापुस्ताको पेशा प्रति वितृष्णा जागेको उहाँको वुझाई छ । “पाकिस्तानमा हरेक वडा कार्यालयमा सरकारले नै जमिन जोत्न टेक्टर राख्देको छ । किसानले त्यै टेक्टरमा इन्धन भर्ने हो जमिन जोत्ने हो”, उहाँले भन्नुभयो, “नेपालमा त जमिन जोत्न पनि समयमा टेक्टर भाडामा नपाउने समस्या छ ।”
पाकिस्तान लगाएतका धेरै देशमा मल विउँ र सिचाई समेत सरकारले जिम्मा लिने र उत्पादन गरिएका कृषि जन्य वस्तुहरुको वजार खोज्ने काम समेत सरकारले नै गर्ने उहाँले वताउनुभयो । नेपालमा यो नहुदा समस्या भएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “हाम्रो उत्पादनले छ महिना खान पुग्दैन । कृषकको पहुच सरकारको अनुदान दिने निकाय सम्म छैन जसले समयमा मल विउँ पनि सहजै पाउदैन । दश नङ्ग्रा खियाएर परिश्रम गर्ने किसान केवल उदरको जिवन विताइ रहेका छन् ।”
कृषि स्वतन्त्र र कसैप्रति पनि परनिरभर नभई आफ्नो परिश्रम र पसिनामा रमाउन सक्ने पेशा भएकाले यसमा देखिएका समस्यालाई सुधार गर्दै लग्नुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “ उत्तम खेती मध्यम ब्यपार जागिरे जिवनको कुनै छैन आड भने झै अहिले देशको विकास कृषि क्षेत्रमै सम्भव छ ।”