
चितवन: भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षिय पुरुष रहेका छन् ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज साँझ ६ः१५ वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।