चितवनः पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सर्लाहीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा सर्लाहीको चकरघाट गाउँपालिका वडा नम्बर १ का ३१ वर्षिय पुरुष रहेका छन् ।
निमोनियका कारण असोज २३ गते अस्पतालमा भर्ना भएका उनमा २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान ३ः२० वजे मृत्यु भएको हो ।