काठमाडौंः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ ।

परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बसेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुभिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताउनुभयो।

सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०÷१५ दिनदेखि होम क्वारेन्टाइनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उहाँले बताउनुभयो ।

काफ्लेलाई सङ्क्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !