चितवनः जिल्लामा एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत बाराको कलैया नगरपालिका वडा नं. १० का ७७ वर्षिय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बुधबार मृत्यु भएका उनको आज संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

आजै चितवन मेडिकल कलेजमा उपचारत अर्काे एक संक्रमितको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !