चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको वुधबार राती १२ः५५ वजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा भदै ३१ ग्ते कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमण संगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राती उनको मृत्यु भएको हो ।
यो संगै जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने अन्य दुई जनाको घरमानै मृत्यु भएको थियो ।