पोखराः कास्की प्रहरीले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछाने छन् ।

उनलाई कास्की प्रहरीले गोप्य सूचनाका आधारमा कास्की पोखरा महानगरपालिका– ३१, वनपोखरी सिसुवाबाट पक्राउ गरेको हो ।

प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकलचालक लामिछानेलाई चेक गर्दा मोटरसाइकलको पछाडिको सिटमा राखेको जेब्रा झोलामा बाघको छाला एक थान, सालकको खपेटा एक थान र केही वन्यजन्तुको हाड बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

उनलाइ थप अनुसन्धानका लागि प्रहरीले डिभिजन वन कार्यालय कास्की पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !