चितवन कोरोना सङ्क्रमितको संख्या वढ्दै गए पछि जिल्लाको ईच्छाकामना गाउँपालिकाले १० शैयाको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा ५ शैयाको र गाउँपालिका परिषरमा रहेको स्वास्थ्य चौकीमा ५ शैयाको आइसोलेसन निर्माण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख बासु सापकोटाका अनुसार सो गाउँपालिकामा हाल सम्म १३ जना सङ्क्रमित पुगेका छन् । जस मध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गिता गुरुङ्ले सङ्क्रमित थपिएको अबस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच शैया बिस्तार गरिने छ । यस्तै फिस्लिङ्मा पनि आइसोलेसन सञ्चालन गर्न सकीने उहाँले जानकारी दिनुभयो ।

हाल क्वारेन्टिनहरु वनाईएका बिद्यालयहरुमा पनि आइसोलेसन वनाउन सकीने गुरुङ्को भनाई छ । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हाल सम्म सङ्क्रमण फैलन नपाएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न गाउबासिहरुलाई अनुरोध गर्नुभयो । जिल्लामा कोरोना सङ्क्रमितको संख्या १ हजार ५ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !