काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोइराला ज्वरो बढेपछि मंगलबार राति ८ बजे अस्पताल भर्ना भएका हुन् ।

डा.कोइरालाको उपचारका अस्पतालका मेडिकल डाइरेक्टर डा.विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा.सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठसहितको टोली संलग्न रहेको छ ।

कोइरालाको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनमा २३ भदौंमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !