चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाए पछि आज दिउँसोबाट एक तर्फी सञ्चालनमा आएको छ । सोमबार राती १०ः३० वजे चारकिलोमा खसेको पहिरो संगै बिभिन्न ठाउँमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो, सत्र किलो र पाँचकिलोमा खसेको पहिरो पन्छाए संगै एक तर्फी सडक संञ्चालनमा आएको हो । सिमलताल र सत्र किालोमा रहेको ठूलो पहिरो पन्छाएर सडकलाई एक तर्फी संञ्चालनमा ल्याईएको हो । चार किलोमा भने दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका ई. शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो २ः४५ वजेबाट सडक एकतर्फी संञ्चालनमा आएको थियो ।

धेरै पहिरो खसेकाले सडक कार्यालयको र भाडाको गरि १६ वटा मेसिनहरु पहिरो पन्छाउन प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । बिहान सबेरै देखि पहिरो पन्छाउन थालिएको थियो ।

साँझ सम्ममा एक तर्फी भएका दुई ठाउँको पहिरो सफा गरेर दुई तर्फी बनाउने गरि काम भईरहेको उहाँले बताउनुभयो । सोमबार देखिका सवारी सडकमा रहेकाले सवारी चाप रहेको छ ।

प्रतिक्रिया दिनुहोस !