काठमाडौंः नोभेल कोरोना भाइरसका एक हजार २४६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २४६ संक्रमित थपिएको जानकारी दिनुभयो ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८१८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस !