चितवनः जिल्लामा कोरोना सङ्क्रमितको संख्या एक हजार ५ पुगेको छ । आईतबार राती चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै सङ्क्रमितको संख्या १ हजार ५ पुगेको हो ।

चितवन मेडिकल कलेजको नतिजा अनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका ८ जना, तनहुँ २ र नवलपुरका एक जना रहेका छन् ।

हाल सम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको संख्या ६ सय ५७ जना पुगेको छ । यस्तै जिल्लाका ५ नगरपालिका मध्ये रत्ननगरमा १ सय २२ जना, राप्तीमा ९७ जना,खैरहनीमा ५४ जना, माडीमा ५२ जना, कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको संख्या ४ रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमित मध्ये १ सय ८० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ जना वाहेक जिल्लामा रहेका अन्य सङ्क्रमित मध्ये होम आइसोलेसनमा २ सय ५५ जना र संस्थागत आइसोलेसनमा ५ सय ३९ जना रहेका छन् ।

सङ्क्रमित मध्ये महिला ४ सय ४ र पुरुष ५ सय ७८ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

यस जिल्लामा बैशाख ५ गते पहिलो पटक सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !